सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कविता:
थिए यी जादुइ जुत्ता सबैसँग
थिए नौरंगी डाफेँ जस्तै नौवटा रंग।
लग्न सक्थे यिनीहरूले हामालाई कतै पनि
म जान्थे होला स्वर्ग जहाँ जान्थेन कोही पनि।
भेट्थेँ म आफ्नो हजुरआमा, हजुरबुवालाई
जसले छोडेर जानु भयो सानो उमेरमा हामीलाई।
आफ्नो हृदयबाट सम्झिन्छु उहाँहरूलाई
रून खोज्छु तर चित्र हेरेर मनले भन्छ नाइँ।
देखेको छैन मैले उहाँहरूलाई मेरो जन्मदेखि
मनाउँछु मेरो मनलाई एउटा कविता लेखी।
काश हन्थे यी जादुइ जुत्ता मसँग विपनामा
तर छन् यिनीहरू मेरो मनको सपनामा।
(मिसिका जयसवाल बुढानिलकण्ठ स्कुलमा कक्षा ६ मा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)