सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कविता:
आमा तिमीले जन्म दियौ मलाई
यसलै देख्न पाए मैले संसारलाई
म भोकले रूँदा मलाई खुवायौ आफू नखाई
संघर्ष गरेर हुर्कायौ, बढायाै तिमीले मलाई
दु:ख गरेर तिमीले दियौ हामीलाई ज्ञान
हामीले गर्नु पर्छ सधैं यी आमाको सम्मान
आमाले दु:ख कष्ट गरेको देखेर मेरो मन छ
'आमा' शब्द सुन्दा पनि मेरो त मनै छुन्छ
चौरमा हेर ती झारपात छन् साना
मलाई छोडी कहीँ नजानुस् मेरी प्यारी आमा
आँखामा सँधै आउँछ तिम्रै महुारको चित्र
बसेकी छन् मेरी आमा मेरै मुटुभित्र
मलाई हुकाउन, बढाउन तिमीले धेरै हन्डर सह्यौ
मेरो लागि मेरी आमा तिमी भगवान सरह रह्यौ
तिमीले जस्तो अरू कसले राख्यो र मेरो ध्यान
अर्काे जन्ममा पनि हुन पाऊँ आमा तिम्रै सन्तान
(कविता परियार चन्द्राेदय माध्यमिक विद्यालय, लमजुङमा कक्षा १० मा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)