सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कविता:
अशान्त मनमा छालहरू
उर्लिन्छ ताल र तलाउ झैं
एकान्त र शुन्यतामा बिलाउँछु
तरंगित हुन्छ मनका रंगिन रङहरू।
बोकी विशाल भाव
कहिले छल्किन्छु छालसँग
कहिले बहकिन्छु चालसँग।
लाग्दैछ
सुनसान सडकमा एक्लो म
भौतारिरहेकोछु एक्लै
शान्त तालको दाँयाबाँया
साहरा विहिन चरीझैं
मन बिच्किन्छ बेलाबेला
त्रासपूर्ण लाग्छ जीवन
समाप्त भइजान्छ एकदिन
यस्तो र त्यस्तोको बीचमा
झुन्डिरहेको छ जीवन।
अघि बढ्ने पाइलाहरू
छेक्ने छैनन् पहाडले
जीवन जिउने रहरहरू
थाक्ने छैनन् कहिल्यै।
(सुहाना आचार्य अक्षरा स्कुल पुरानो सिनामंगल, काठमाडौंमा कक्षा ८ मा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)