सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कविता:
चीनबाट आयो माहामारी कोरोना
अनि भयो लकडाउनको घोषणा
छौं हामी सबै घरमा बन्द
जसले गर्दा छैन् आनन्द
जान नपाएर आफ्ना स्कुल
छन् सबै विद्यार्थी व्याकुल
सङ्क्रमितको संख्या दिनदिनै बढ्दै छ
शिक्षा प्राप्त गर्न अनलाइन कक्षा हुँदैछ
बाहिर जाँदा मास्क लगाउनुपर्छ
नलगाए कोरोनासँग भेट हुन्छ
अहिलेको अवस्थामा साथीहरूसँग नभेट्नु
भेटे पनि सामाजिक दूरी कायम गर्नु
समय–समयमा साबुनपानीले हात धुनुपर्छ
हात नधोएमा महामारी कोरोना सर्छ
लकडाउनको उल्लंघन हामी नगरौं
केही दिनको कुरा हो घरमै बसौं
(सिद्धान्त यादव बुढानिलकण्ठ स्कुल, नारायणस्थान काठमाडौँमा कक्षा ६ मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)