सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कविता:
तिमी अन्जान थियौ तर आज सबैको प्यारो भैदियौ
नामबिहीन थियौ तर आज नामी भयौ
गुमनाम थियौ तर आज घुमन्ते भयौ
दुर्बल थियौ होला तर आज बलवान भएर निस्कियौ
त्यसैले कोरोना, दिन तिम्रो पनि आयो
अपरिचित थियौ तर आज चिरपरिचित भैदियौ
अजय थियौ होला तर आज विजयी भयौ।
तर तिम्रो नि चाँडै मिति पुग्दैछ रे
तिमीलाई सखाप पार्ने हतियार बनाइँदैछ रे
तिम्रा तमाम सेनालाई सेतो कोट लाउने सिपाहीद्वारा नष्ट पारिँदैछ रे
तिम्रा योजना असफल पार्न प्रयोगशालामा अस्त्र निर्माण गरिँदैछ रे
त्यसैले कोरोना आफ्नो ख्याल गर्नू, बाहिर धेरै नडुल्नू
बेलाबेलामा पानी तताएर पिउनू, अनि मिल्छ भने छिट्टै आफ्नै घर फिर्नू।
(सृजन तामाङ श्री रूम्जाटार मा.वि, ओखलढुंगामा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)