सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कविता:
एकै रथका दुई पाङ्ग्रा हामी
सँगै कक्षामा एकसाथ पढ्ने हामी।
एकअर्काको खाजा साटासाट गर्ने हामी
उसलाई दुख्दा काम्थे मेरा शरीर पनि।
ठट्टा गर्दै जिस्काउने हाम्रो थियो बानी
प्रेमको तालमा डुब्न थाल्यौं जानी नजानी।
थाहा थिएन हामी दुईलाई समाजको नीति
दलित क्षत्री प्रेम सम्बन्ध नमिल्ने रैछ रिती।
गहिरिँदैको चोखो मायामा समाजको आँखी बन्यो
टुट्यो सँगै जिउने इच्छा संसार छोडनु पर्यो।
आयो भन्छन् प्रजातन्त्र देखिएन काममा
स्वतन्त्रता हनन् भएकोछ हरेक ठाँउ-ठाँउमा।
पुराना ती चलन त्यागी देशमा क्रान्ति ल्याऔं
विभेदरहित समाज निर्माण जनताले गरौं।
(सुस्मिता भण्डारी गैंडाकोट, नवलपुरमा बस्छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)