सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कविता:
बाहिर गयो चारैतिर हरियाली
वरिपरि घुम्यो चारैतिर फूलबारी
तर भित्र आयो चारैतिर निराशाको भारी
खै कस्तो दिक्कलाग्दो दिन आयो विश्वभरी
किताब पल्टायो निन्द्राको भारी
टिभी हेर्यो कोरोनाको महामारी
चुप लाग्यो पेटले गर्छ खबरदारी
खै कस्तो दिक्कलाग्दो दिन आयो विश्वभरी
खान गयो केही छैन भाडा भरी
खान पाउनेले खाकै छन् पेटभरी
नपाउनेले हेरेकै छन् फेसबुकको स्टोरीभरी
खै कस्तो दिक्कलाग्दो दिन आयो विश्वभरी
गरिब हुनुको पीडा छ आफ्नै मनभरी
फेरी आयो अर्को सलहको महामारी
किसानले रोपेको खाइदिने भयो सखाप पारी
खै कस्तो दिक्कलाग्दो दिन आयो विश्वभरी
अनेकौ इच्छा हुँदाहुँदै मार्नुपर्ने आफ्नै मनभरी
कसरी खाई पेट भर्ने सोच्दै बस्छौं हामी गरिबी
यस्तै छ यो चलन हाम्रो देशभरी
खै कस्तो दिक्कलाग्दो दिन आयो विश्वभरी
धनीलाई डर छ रोगले मार्छकी भनी
रोगले कसैलाई छाड्दैन न धनी न गरिब भनी
कस्तो तहलका मच्चायो रोगले विश्वभरी
खै कस्तो दिक्कलाग्दो दिन आयो विश्वभरी
खै कस्तो दिक्कलाग्दो दिन आयो विश्वभरी
(सुप्रिया कार्की अक्षरा स्कुल, पुरानो सिनामंगलमा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)