सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कविता:
हाम्रो घरको बगैंचामा
छन् फूल फुलेका
वरिपरि भमरा कति भुलेका।
अनेक छन् जात फूलका
नाम नि थरीथरी।
जाई, जुई चमेली र चम्पा
गमलामा फुलेका
सयपत्री, मखमली
कति राम्रा भएका।
पहेँलो, निलो, रातो रङ
ल्यायो घरमा उमङ्ग।
आँगनीमा फुलेका छन्
नौरंगी फूल
त्यही फूलमा झुम्मिएका
पुतलीका हुल।
पुतली नि फूल लाग्छ,
इन्द्रेणी नि फूल,
टिप्नु हुन्न फूल हेर,
गर्नु हुन्न भुल।
(ओजस्वी पौडेल सिद्धार्थ बनस्थली इन्ष्टिच्यूटमा कक्षा ३ मा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)