सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कविता:
निरन्तर पानीको वर्षा भयो
जब मनसुन मौसम आयो
लगातार वर्षाले गर्दा बाढी आयो
तराई क्षेत्रमा यसले विशेषगरी हानी पुर्यायो
बगाएर थुप्रै घर र सम्पत्ति
गर्यो बाढीले निकै क्षति
बगाएर लग्यो बाढीले थुप्रै खेतहरू
जसले गर्दा चिन्तित भए किसानहरू
बनाउनु हुँदैन घर नदी किनारमा
बाढीले घर बगाएर लग्ला भविष्यमा
बाढीको बारेमा जनचेतना फैलाऔं
सबै नेपालीलाई सचेत बनाऔं
बाढी नियन्त्रणका लागि वृक्ष रोपौं
आफूलाई बाढी पीडित हुनबाट बचाऔं
(सिद्धान्त यादव बुढानीलकण्ठ स्कुल, नारायणस्थान काठमाडौँमा कक्षा ६ मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)