सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कविता:
वेगसँग यो त्रास र विस्मात फैलायो
कस्तो डरलाग्दो रहेछ यो बाढी र पहिरो
हिजो परिवारमा खुसी छाउँदै जन्मेको रामुको छोरो
आज पहिरोले गर्दा हुन पुग्यो टुहुरो
परदेशी भूमिमा परिश्रम गरि घनश्यामले ठड्याएको ठूलो घर थियो
आज बाढी आएर उसलाई सुकुम्बासी बनाइदियो
किसानले परिश्रम गरेको त्यो खेतबाली नाली खायो
भोली त के भन्नु आज नै भर नभएको जीवनमा ठूलो विपत्ति आयो
मजदुर काम गर्ने हरिले छाक टार्न नपाएर पुर्पुरो समायो
अलिकति खाना पाएपछि उसको सानो छोरो औधी रमायो
नियतिको अनौठो छ खटन
थोरै खुसी अनि धेरै दु:ख जीवनको गठन
कोरोनाको डर पहिरो र बाढीले मच्चायो कोलाहल
यस्तै डर र त्रासमा चलिरहेको छ २०२० साल
(आँचल अधिकारी लिभरपूल माध्यमिक विद्यालय, काठमाडौंमा कक्षा १० मा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)