सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कविता:
प्राकृतिक विपत्तिले
डसेको मेरो प्यारो देश नेपाल
जता नियाल्छु पानी
भेलसँगै तैरिएका अस्थिपञ्जर।
तराईको जलमग्न भुइँमा
अड्डिएको त्यो गरिब महल
आज नदेख्खिने भयो
खै किन हो प्रकृतिले
दिलाएको विपत्तिको नासो।
बाटो-घाटो सहर बजार
भए जलमग्न
धनी-गरिब कहाँ हो कहाँ
प्रकृति के गर्यौ
त्यो विचरा गरिबमा।
आज न त घरबार
न छ कुनै सम्पत्ति
खाने लाउने टुङ्गो छैन
ज्यान थोत्रो कपडासहित
किन एकल बनायौ जिन्दगी?
नाशक प्रकृति मानव
सृष्टि मानव नाशक
गोलो पृथ्वी रहिरहन
चाहिने भयो आज।
एकल अजम्बर अडिग प्रकृति।
(सुजन तिमल्सिना ज्ञानेश्वर काठमाडौंमा बस्छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)