सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कविता:
आकाश रून्छ, धर्तीलाई दुख्छ
माटो खुल्छ, खोला उर्लन्छ
पहिरो खस्छ, बस्ती नै पुर्छ
भेटिन्न सास, पत्तो छैन लाश
हेलिकप्टर उड्यो, कान थर्क्यो
चाउचाउ फ्याँक्यो, गयो, फर्क्यो
बचेको सास, छैन खाने गाँस
ठेगान छैन बास, सधैंको डर त्रास
ग्रामिण सडक, मेयरको डोजर
ठेकदारको मनपरी, बारी भो बगर
पारी संरचना, वारि तलाउ भो
जलस्रोतको धनी, हानी नै हानी भो
दर्क्यो पानी, कसरी निदाउँ भो
थर्क्यो छाना, बसौं की भागौं भो
(सृजन तामाङ श्री रूम्जाटार मा.वि. रूम्जाटार, ओखलढुंगामा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)