सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कविता:
विश्वभरी फैलिएको कोरोना कहर
स्कुल बन्द भए पनि जान लाग्छ रहर
साथीभाइ, गुरूआमा सबको आउँछ याद
घरबाहिर ननिस्केर भित्र बस्दा सब।
स्कुल मात्र कहाँ हो र? बन्द भयो देश
फैलिँदैछ कोरोना बदलेर भेष
चीनबाट सुरू भयो, रह्यो विश्व माझ
लाखौं मरे, करोडौं बिमारी छन् आज।
सरसफाईमा ध्यान दिऊँ, स्वास्थ्य रहूँ सब
कोरोनालाई टाढा राख्न व्यायाम गरौं अब
हात धुनू साबुन पानी, हिँड्दा लाउनू मास्क
सामाजिक दुरी कायम उपचार खास।
(शास्वत भट्टराई पश्चिम विन्दु माध्यमिक विद्यालय थानकोट, काठमाडौंमा कक्षा ६ मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)