सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कविता:
जुन दिन
तिमीहरूले पार्टी एकता गरेका थियौ नि
खै के देखेर हो कुन्नि तीन करोड जनतामा
नयाँ आशाको किरण जागेछ क्यारे
बिना केही सोची सम्झी
सुखी नेपाली अनि समृद्ध
नयाँ नेपालको परिकल्पना गर्न थालेछन् क्यारे
वाम एकता गरेर
जुन सपना तिमीले देखाएका थियौ
देशमा कम्युनिष्ट शासनको परिकल्पना गर्दा
करोडौं मुहारमा मुस्कान थियो
देशको सेवा गर्छु भनी
सपथ खाएका तिमीले
देशलाई सिंगापुर बनाउँछु भनी
आश्वासन दिएका तिमीले
आज देशमा षड्यन्त्रसम्म गर्न भ्याएछौ क्यारे
खै के अर्थ रह्यो र अब
त्याे हजारौं कम्युनिष्ट आन्दोलनको
जब आज भित्रभित्रै कलह मच्चाएर
शत्रु नै हँसाउनु थियो भने
सायद गल्ती तिमीहरूको थिएन होला
गल्ती जनताले नै गरेका हुन्
यस्तै होला भन्ने जान्दाजान्दै पनि
तिमीलाई विश्वासको मत दिएकै हुन्
शासक भनेको त शासन गर्ने नै हुन् नि
यो कुरा बुझ्न किन जनताले यति ढिलो गरे कुन्नि
नेपाललाई स्वाधीन भन्नुको के अर्थ रह्यो र खै
देशमा हलचल मच्चाउनु थियो भने
मदन अनि मनमोहनबाट केही सिक्नु पर्ने थियो तिमीले
पर्ने थियो ल्याउन नेपालमा समृद्धिको लहर पनि
तर अपसोच,
तिमीहरूले त केबल देश लुट्न जानेका रहेछौ
भित्रभित्रै फुट्न जानेका रहेछौ।
(अपेक्षा शर्मा बालमन्दिर मा.वि पोखरामा कक्षा १० मा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)