सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कविता:
समाज हाम्रो यो साझा घर मिलेर बसौं है
झगडा हैन आपसमा सबै हाँसेर बसौं है।
विकृतिहरू हटाऔं सारा स्वीकृति फैलाऔं
मिलेमा काम सजिलो हुन्छ, फुटेर नहिँडौं।
नेपाल हाम्रो सुन्दर देश विश्वमा प्रख्यात
नारी र पुरूष समान हामी नगरौं विभेद।
देश हो स्वर्ग यसैमा हामी रमाई बसौंला
समाजको विकास गरेर सधैं हिमाल चढौंला।
(आकेशकुमार मण्डल बुढानीलकण्ठ स्कुलमा कक्षा ६ मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)