सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कथा:
रीमा र सीमा डाँडागाउँमा बस्ने जुल्याहा दिदीबहिनी हुन्। उनीहरूलाई सबै गाउँलेले माया गर्थे। रीमा र सीमा दुवैजना पढाईमा अब्बल थिए। रीमाले कविता र कथाको माध्यमबाट आफ्नो भावना व्यक्त गर्थिन् भने सीमाले गीतको माध्यमबाट आफ्नो भावना व्यक्त गर्थिन्।
आइतबार विद्यालयमा प्रतियोगिता हुने भएकाले उनीहरू तयारीमा व्यस्त थिए।
आइतबार रीमाले एउटा मीठो कविता प्रस्तुत गरिन् तर उनीबाट सानो गल्ती भयो। उनका साथीहरूले रीमाको खिल्ली उडाए। सीमाले भने गीत प्रस्तुत गरिन्। उनले गाउँदा-गाउँदै उनलाई हाच्छिउँ आयो।
साथीहरूले 'गीत गाउन आएन, त्यसैले हाच्छिउँ आएको नाटक गरेको' भन्दै खिल्ली उडाए। त्यो दिनबाट सीमाले गीत गाउन छाडिन् तर रीनाले भने प्रयास गर्न छोडिनन्।
एकदिन रीमा कविता लेख्दै गर्दा सुरिलो स्वर सुन्छिन्। को होला? भनेर स्वरलाई पछ्याउदै जाँदा बगैंचामा सीमालाई गीत गाउँदै गरेको देख्छिन्। सीमाले रीमालाई देखेपछि गीत गाउन रोकेर सोध्छिन्, 'यति राम्रो कला र गला हुँदा हुँदै गीत किन गाउन छाडेको?
सीमाले भनिन्, 'मलाई गाउन मन पर्छ तर मेरा साथीहरूले मेरो खिल्ली उडाउँछन्। त्यसैले मैले सैबैको अगाडि गाउँदिनँ भनेकी हुँ।'
'अर्काले भनेको कुरा मनमा लिएर आफ्नो जीवनको उद्देश्य र सपनामा रोक लगाउनु हुँदैन। उनीहरूको खिसीटिउरी नै हौसला र यसले नै जीवनमा अगाडि बढिन्छ। अर्काले भनेको कुरा राम्रा जति लिने र नराम्रा जति कुल्चेर अगाडि बढ्नु पर्छ,' रीमाले सीमालाई यसैगरी सम्झाइ-बुझाई गरिन्।
१० वर्षपछि रीमा साहित्यकार भइन् र सीमा गायिका भइन्। रीमाले कविता र कथाहरू लेख्न छाडेको भए, सीमालाई नसम्झाएको भए उनीहरू यहाँसम्म आइपुग्ने थिएनन्।
(आकृति बास्तोला कक्षा ६ मा अध्ययनरत छिन्। हाल उनी जापानमा बस्छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)