सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कविता:
रिसाएर प्रकृति तिमी उर्लिएर आयौ
अनाथ भयाै हामी, हाम्रो घर पनि बगायौ।
खेल्न गए चौरतिर साथमा थिए मित्र
घरकै काममा व्यस्त थिए आमाबाबु भित्र।
दर्किएर आयो पानी म ओत लाग्न गएँ
बाढीले लग्यो घर मेरो, म टुहुरी भएँ।
झरी परेपछि साह्रै खुसी हुने बानी
एक्लै पार्यो सबैलाई पापी रैछ पानी।
पल्ला घरकी भाउजू पनि खेतमा थिइन् अरे
दाजु भने घरमै थिए बाढी भित्र परे
प्रदुषण नि गर्यौं हामीले रूख पनि काट्यौं
जोगाउने भन्दै हामीले प्रकृतिलाई ढाँट्यौं।
प्रकोप रोक्न तिम्रो हामी देउता त हैनौं
माफ गर प्रकृति अब गल्ती गर्ने छैनाैं।
(कम्पोज चौलागाईं न्युटन चिल्ड्रेनस एकेडेमीमा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)