सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कविता:
तिमी र म बस्ने वातावरण सदा रहोस् सुन्दर
प्रकृतिलाई जित्न सक्छु भने नदेखाऊ अहंकार
प्रकृतिले दिएका अनमोल उपहार नत्याग है मानव
अस्वीकार गरी प्रकृतिका ती सौगातहरू नबन है दानव।
भौतिक विलासमा मन्त्रमुग्ध भई प्रकृतिमा ल्यायौ विकार
पशुपन्छीले आज खोज्दैछन् मानव आफू ज्यूनुको आधार
अर्को पिँढीलाई सम्पिनु छ त्यसैले जोगाऊ यी सम्पत्ति
टुट्न नदेऊ धर्तीको आस्थालाई, बन असल सन्तति।
हिमालका सेता हिउँ पग्लिँदै छ आज
समुद्रको सतह बढ्न गयो किन आज?
अझै पनि वास्ता नगरे तिमीले
नरहला अस्तित्व, होस् गर्नु है तिमीले।
संसारको बुद्धिमान भन्छौ आफूलाई
तर डुबायौ आफूले आफैंलाई
प्राकृतिक सम्पदामा राख विचार
नत्र आफूसँगै डुब्ला है संसार।
नबाँध है प्रकृतिलाई धुँवा र धूलोले
सिँगार है प्रकृतिलाई रूख र बिरूवाले
रूँदै छिन् हाम्री प्रकृति हाम्रै कारणले
अब हसाउँनुपर्छ हामीले असल विचारले।
(रिदम भेटवाल रत्न राज्य मा.विमा कक्षा १० मा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)