सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
प्रत्येक बालबालिकाको कुनै न कुनै सपना हुन्छ। आगामी दिनमा केही गर्ने वा केही बन्ने हाम्रो इच्छा हुन्छ।
हामी बालबालिका जब ठूलो हुँदै जान्छौं हाम्रो मानसिकताको विकास हुँदै जान्छ। आफ्नो लागि के सही हुन्छ र के गलत भनेर छुट्टयाउन सक्ने क्षमतको पनि वृद्धि हुन्छ।
यस्तो बेला राम्रो सल्लाह दिनुको सट्टा कतिपय परिवारले दबाब दिएर उनीहरूमाथि नकारात्मक असर पर्छन्। यसरी हाम्रो इच्छा विपरीत भएर हाम्रा अभिभावकले हामीलाई आफूले मात्र चाहेको कुरा गर्न दबाब दिने गरेका छन्।
यदि कोही बालबालिकालाई पढ्नबाहेक केही सिर्जनात्मक क्रियाकलापमा रूचि लाग्छ भने उसलाई गर्नबाट रोक लगाउनु एक अपराधिक काम हो।
अभिभावकहरू, यो समयमा पढाइले मात्र केही हुँदो रहेनछ। कहिलेकाँही परीक्षामा फेल भयो भन्दैमा उसलाई मारपिट गरेर तहमा ल्याइन्छ भनेर नसोच्नुहाेस्। कहिलेकाहीँ बच्चा फेल भइहाल्छ नि!
जीवनमा तल झरेर त माथि बढ्न सिकिन्छ। आफ्नो बच्चालाई आफैंले जन्माए पनि उसको भविष्यको दायित्वचाहिँ उसकै काँधमा छोडदिनु पर्छ। नबुझ्ने सानो बच्चा हुँदा त ठीक छ तर ठूलो भएपछि पनि उसले गर्न खोजेको रचनात्मक कुरा गर्न नदिँदा उसको भविष्य उज्वल हुँदैन।
त्यसैले बालबालिकालाई परिवारले दबाब नदिनुहोला। जहाँसम्म हाम्रो दायित्वको कुरा आयो, हामी बालबालिकाले पनि त बुबाआमासँग झैझगडा नगरी राम्रोसँग कुरा बुझेर उनीहरूलाई पनि बुझाउन प्रयास गर्नुपर्छ।
जे कुरामा रूचि लागेको छ त्यो कुरामा उज्वल भविष्यको सिर्जना गर्न सक्छौं। सबैलाई विश्वास गराउने जिम्मेवारी हामीले लिनुपर्छ। कसैको पनि आमाबुबाले आफ्नो सन्तानको भविष्य उज्वल नहोस् भनेर सोच्नु हुँदैन। उनीहरूलाई त हामीमाथि विश्वासको कमी मात्र हुन्छ जुन पूरा गराउने दायित्व पनि हाम्रो हो।
सबै बालबालिकाको भविष्य राम्रै छ। हामी सबैले आ-आफ्नो जिम्मेवारी पूरा गर्न मात्र आवश्यक छ।
(संस्कृती आचार्य रिविएरा इन्टरनेसनल एकेडेमी चुचेपाटि काठमाडाैंमा कक्षा ९ मा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)