सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कविता:
ठूलो झोला किनिदिनु है बाबा अब स्कुल जाने हो
किताब-कापी मात्र नभई मास्क र स्यानिटाइजर पनि लाने हो।
किताबहरू कहिले किन्ने कति कलासको ल्याउने हो
एक वर्षमा पढ्ने किताब कहिले भ्याउने हो?
धेरै पैसा खर्च हुन्छ मास्क र स्यानिटाइजर किन्नलाई
मास्क लगाउदा गार्हाे हुन्छ साथीहरू चिन्नलाई।
साथीहरूले मास्क च्यातिदेलान् भनेर डर लाग्छ
स्यानिटाइजर पोखिन्छ की भनेर अझ डर लाग्छ।
पानीको बोतल र स्यानिटाइजर बीच झुक्किनु हुन्न
हात नधोइ कुनै चिज खानु हुन्न।
चारजना बस्ने बेन्चमा अब कति जना बस्ने हो?
बिहान-बेलुका प्रार्थनामा भेला हुन के गर्ने हो?
सबैजनाले हात धुँदा पानी र साबुन धेरै चाहिन्छ
बेग्लाबेग्लै धारा र छुट्टै साबुन कहाँ पाइन्छ?
स्कुल बसमा छुट्टाछुट्टै कसरी बस्ने हो?
गेटमा हात धोएर मात्र भित्र पस्ने हो।
हामी हौ भविष्यका कर्णधार
स्वास्थ्य रहनु हाम्रो अधिकार।
आफ्नो घर र स्कुल सफा राखौं
रोग लाग्नबाट बचौं र बचाऔं।
(अर्पण अर्याल होराइजन गौतम बुद्ध स्कुल, बुटवलमा कक्षा तीनमा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)