सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कविता:
विकास गर्छु भन्दा भन्दै दसाैं दशक बितायौ
सबै नेपाली जनतालाई थाग्ना मै सुतायौ
कति सहनु हामी सराकारी कर्मचारीको दु:ख दिने नीति
अनि मन्त्रीको भ्रष्टाचार गर्ने राजनीति
कति दिन्छौ पीडा सरकार, कति दिन्छौ पीडा?
मिलिजुली दस अर्ब मज्जाले खायौ
स-परिवार मज्जाले मोटायौ
हिसाब खोज्दा त
उल्टै पुलिसलाई लाठीचार्ज गर्न पठायौ
कति दिन्छौ पीडा सरकार, कति दिन्छौ पीडा?
तिमीहरूको पारा
आपत परेपछि मिलिहाल्छौ
चुनाव जितेपछि फुटिहाल्छौ
दिनानुदिन कुखुराको मासु खान्छौ,
अझै नपुगेर महामारीको बेला
अर्बौं अर्बको किट पनि खान्छौ
कति दिन्छौ पीडा सरकार, कति दिन्छौ पीडा?
महामारीको बेला पनि,
ओलीलाई छ सत्ता छोड्न दबाब
प्रचण्डलाई छ प्रधानमन्त्री बन्न नपाउँदा तनाव
एकआपसमा कति लड्छौ, किन बाझ्छाै?
किन मरिहत्ते गर्छौ? त्यो कुर्सीका लागि, ए दानवहरू?
ए सत्तापक्षका सांसदहरू
नलाउ फुर्ती दुई तिहाइ मतको
सक्छौ भने राम्रो बन्देउ न मनको
हो सक्छौ भने राम्रो बन्देउ न मनको।
कस्तो गनाउने खेल खेल्यौ यार
बाहिर राष्ट्रियताको ठूला-ठूला गफ हान्छौ
अनि भित्रभित्रै महाकाली र कोशीको डिल गर्छौ।
के यही हो त तिम्रो राष्ट्रियता?
नेपाली जनताले केही पाएनन्
हो, व्यवस्था फेरियो तर देशको अवस्था फेरिएन
साल फेरियो तर नेताको ताल फेरिएन।
संविधान फेरियो तर इमान फेरिएन
हो कानुनका धारा फेरिए तर नेताको काम गर्ने पारा फेरिएन।
अब यति भन्छु, भ्रष्टाचार गर्नेलाई नदेउ साथ
सक्छौ भने जेलमा थुनेर राख,
सबैले खान छोड अब घुस
खानै परे खाउ सुन्तलाको जुस।
आजको आवस्यकता भनेको सकारात्मकता, सुशासन अनि गतिशीलता
र भ्रस्टाचारमा शुन्य सहनशीलता हो
आवश्यकता पूरा गर्न सक्छौ भने पूरा गर
नत्र बिना काममा त्यो कुर्सी ओगटेर नबस
राजीनामा देउ अनि युवालाई कुर्सी हस्तान्तरण गर।
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)