सम्पादकीय नोटस् हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कविता:
गुरू उपाय रचीकन विषय अभ्यास गराउँछन्
गुरू पाठ सजिलो बनाई खुटकिला चढाउँछन्।
गुरू एक रूप अनेक जीवन दर्शन गराउँछन्।
गुरू कुरा सुनी-बुझी व्यवहार गर्छन्।
गुरू मुसुक्क मुस्कुराई शान्तमय बनाउँछन्।
गुरू सारथी हुन यात्रा सहज बनाउँछन्।
गुरूको मोठो बोलीले अमृत पान गराउँछन्।
गुरू हुन बत्ती जलेर उज्यालो दिन्छन्।
गुरू हुन समुद्व आफैं डुबेर ज्ञान पिलाउँछन्।
गुरू अवसर दिई, लक्ष्य तय गराउँछन्।
गुरू हुन आर्दशका मूर्ति भविष्य बनाउँछन्।
गुरू हुन भगवान अनेकतामा एकता ल्याउँछन्।
गुरूब्रह्मा गुरूर्विष्णुः गुरूर्देवो महेश्वरः
गुरुःसाक्षात् परब्रह्म तस्मै श्रीगुरवे नमः।
(पृथ्वीराज चौहान अक्षरा स्कुल काडाधारी, काठमाडाैंमा कक्षा ८ मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)