सम्पादकीय नोटस् हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कविता:
साह्रै याद आउँछ मलाई मेरी हजुरआमा
लिटाे बनाई खुवाउन हुन्थ्यो साह्रै लगाई ध्यान
तिम्रो बोली समातेर मैले बोली झिके
के सिकिन तिमीसँग? धेरै कुरा सिकेँ।
कोखाई-कोखाई लोरी गाई मलाई मख्ख पार्थेउ
हाँसोमाथि हाँसो थप्न आफैं उठी नाच्थ्यौ
सुनाउथ्याैं कथा मलाई, नानाथरी जात्रा
तिमीबाट सुरू भयो 'क' र 'ख' को यात्रा।
भन्थ्यौ मलाई सुनको टुका, सुनैको हो मूर्ति
कस्तो तिम्रो जोस जाँगर, कति थियौ फूर्ति
कोखिलामा च्यापी मलाई, डुल्थ्यौ वरपर
तिमीसँग बस्दा मलाई केही थिएन डर।
मुख मेरो धोई तिम्ले, लगाइदिन्थ्यौ तेल
टिँ-टीँ आयो भन्दै मलाई देखाइदिन्थ्यौ रेल
सफासुग्घर पाठ सिकाउन धोईदिन्थ्यौ भोटो
पोषणको पाठ सिकाउन पार्न खोज्थ्यौ मोटो।
तिम्रो चित्र घुम्छ मेरो आँखा वरिपरि
सम्झानामा मन डुल्छ, खोज्छु घरीघरी
कति राम्रो हुन्थ्यो तिम्लाई गुनियो र चोली
येता हेर्छु, उता हेर्छु, कहाँ बसेकी हौली?
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)