सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कविता:
कस्तो चिज आयो यस्तो सारा संसार हल्लाउने?
गरिब दु:खीलाई भयो, के खाने के लगाउने।
धनी-गरिब, ठूलो-सानो कोही कसैलाई नछोडी
आफ्नै परिवारसँग समेत बस्नुपर्ने भो बिछोडी।
चीनबाट आयो फैलियो, फर्किने छैन पत्तो अझै
कामकाज सबै बन्द गरायो, फुर्सदिलो बने सबै।
प्रकृतिलाई हेपेर हामीले, बदला लिएको हो कि?
सबै मिलेर प्रकृतिलाई बचाउने गरौं अघि बढी।
कहिले फेरि अब उसैगरी स्वतन्त्रसँग बाच्ने हो?
भेटघाट गरि हाँसीखेली खुसी, उमंग साट्ने हो।
नआत्तिई, नडाएर बसौं सबै नियम पालना गरेर
सुख भोलि आउने नै छ हर्ष उल्लास भरेर।
(कामना भण्डारी सल्यानमा कक्षा ८ मा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)