सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कविता:
कहिले बलात्कार काण्ड त कहिले सुन काण्ड
काण्ड मात्रै छन्, छैनन् यहाँ दण्ड।
गलतले पाउँछ यहाँ साथ, कहिले लात
सज्जन जति सबैलाई गरिन्छ यहाँ घात।
गरिब र दलितको नाममा मारिन्छन् यहाँ जनता
कार्यान्वयन हुँदैन यहाँ समानता अनि समता।
जनताको पिर छ आन्दोलन अनि नेताको पिर कुर्सी
विकासभन्दा पनि मूल्यवान् हुन्छ यहाँ नेताको फूर्ति।
संसारभरी त्रास अनि नेपालमा भ्रष्टाचारको बाटो
पैसाको खोजी भइरहेको छ यहाँ औषधिको साटो।
पत्तै नपाई निहुरियो हामी नेपालीको ठाडो शिर
रूँदै छिन् नेपाल आमा, नेतालाई छैन केहि पिर।
(पूर्णिमा जोशी नेपाल पुलिस स्कुलमा कक्षा नौमा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)