सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
'कला' शब्दको धेरै परिभाषा हुन सक्छन्। मेरा लागि कला कुनै पनि वास्तविकता अथवा कल्पनालाई महशुस गरेर कुनै मध्यमबाट देखाउन सक्ने क्षमता हो।
कलाका विविन्न प्रकारहरू हुन्छन्। जस्तै: चित्रकला, नृत्यकला, साहित्यकला, आदि। मलाई भने चित्र बनाउन मनपर्छ। आफू वरिपरिको पर्यायवरण तथा विभिन्न घटनालाई ध्यान दिएर हेर्ने र बुझ्ने प्रयास गर्छु। अनि एकान्तमा भएका बेला आफूले देखेका र बुझेका अथवा परिकल्पना गरेका दृश्यबाट सिर्जना भएका भावनालाई कागजमा उतार्ने गर्छु।
मलाई चित्र एकान्तमा बनाउन मन पर्छ। किनकि एक्लै हुँदा ती सोच विचारबाट बुनिएको अलगै दुनियाँमा पुग्ने गर्छु। चित्र बनाउँदा धेरै जस्तो इन्टरनेटबाट बाँसुरीको धुन सुन्न रूचाउँछु।
मलाई आफ्ना खुसीका मात्र नभई हरेक भावनालाई कागजमा उतार्न मन पर्छ ताकी भविष्यमा आफ्ना पुराना सोचविचार र आफूले बिताएका क्षणलाई दोहोर्याएर हेर्न र महशुस गर्न सकुँ।
चित्र बनाई सकेपछि भने मेरा गुरू, साथीहरू र नजिकका मान्छेलाई देखाउने गर्छु। केही भने आफूमै सीमित राख्न मन लाग्छ।
अन्तिममा मेरो एकजना साथीले धेरैअघि भन्नुभएको केही शब्द राख्न चाहे, 'जन्मँदै कोही पनि प्रतिभाशाली हुँदैन। कला त आफूलाई मन पर्ने विषयमा गरिएको निरन्तर मिहेनत र लगावले जन्मिन्छ।'
(अदिती कोइराला जेम्स स्कुलकी एसइई विद्यार्थी हुन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)