सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कविता:
संस्कार हरायो संस्कृति हरायो, धेरै मान्छे स्वार्थी बने
सत्य कुरा लुकाएर नाटक रची नायक बने।
चिन्दैन् यहाँ कसैले के हो सत्य के हो गलत
एकदिन पक्कै देखिन्छ नै झुटो कुरो गर्नेको हालत।
मानव हो मान्छेको सब पिरमर्का बुझ्नुपर्छ
हरेक काम गर्नुपुर्व एउटा कुरो सोच्नुपर्छ।
साँचो कुरा कहिले पनि सकिँदैन लुकाउन
सिपालु छ मान्छे आज अरूको मन दुखाउन।
जान्दा रैछन् फाइदा लिन अनेक थरी नाटक रच्न
कु-मार्गमा हिड्यो भने सकिन्न नि त्यसबाट बच्न।
मान्छे सबै मर्नैपर्ने सधैँ बाँच्ने कोही हैन
सबैसित राम्रो बन लिनोदिनो केही छैन।
सक्छौ भने स्वच्छ मनले सहयोग सबलाई गर
सकिएन भने पनि मान्नुपर्ने छैन डर
मानव हो मानवलाई हेर्ने आँखा फरक किन
कुनै दिन उसको पनि फेरिने छन् नयाँ दिन।
(प्रतिक जोशी नेपाल पुलिस स्कुल, सामाखुसी काठ्माडौँमा कक्षा छ मा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)