सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कविता:
ए लहरे!
है पहरे!!
तिम्रो गाई आयो
मेरो धान खायो
हाम्रो घरको आहारा
नाश पार्यो सारा
कति खायो यति
खेतमा भाको जति
पैसा धेरै पर्ने
अब कसो गर्ने
मन भयो धकधक
खुट्टा काम्यो लगलग
सिङ कति ठूलो
भत्काएछ कुलो
खुट्टा राखी कुल्च्यो
मुसा लुक्ने दुलो
लठ्ठी लेर आउन
गाईलाई धपाउन
हुन त हाम्री माता हुन्
दूध कि दाता हुन्
पिट्नु भने हुन्न
पिट्दा दूध दिन्न
दाम्लोले बाँध्नु
घास काटी हाल्नु।
ए लहरे!
है पहरे!!
(पूर्वाशीं रिमाल जीवनज्योति इङ्लिस बोर्डिङ स्कुल तारकेश्वर, काठमाडौँमा कक्षा ७ मा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)