सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कविता:
प्रत्येक पलमा मेरो पिर लिने
हरदम ख्यालगरी आर्शीवाद दिने
ज्ञानदेखि खेलसम्म तपाईंकै साथ
मेरो शिक्षा र स्वास्थमा तपाईंकै छ हात।
नैतिकता र अनुशासन हामीलाई चाहिने
कस्तो र कहाँ छ भनी खोज्दा तपाई सँगै पाइने।
हामी र हाम्रो घरको तपाईं नै हो आकाशको तारा
तपाईंबाट सिकेर नै पूरा गर्छु भविष्यमा जिम्मेवारी पूरा।
हाम्रो खुसी र सुखीपन तपाईंको इच्छा
मेरो लागि तपाईं नै हो किताब र शिक्षा।
मिहिनेत परिश्रमले पूरा गर्छ तपाईंको भावना
कुशे औंशीको उपलक्ष्यमा तपाईंलाई शुभकामना।
(दिक्षान्त ढकाल चिल्ड्रेन हेराल्ड एकेडेमीमा कक्षा ६ मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)