सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कविता:
कोरोनाबाट बच्न हामीले मास्क लाउनुपर्छ
हामीले सेनिटाइजर प्रयोग गर्नुपर्छ
साबुन पानीले बेला बेलामा हात धुनु पर्छ
हामीले कसैसँग हात मिलाउनु हुँदैन
हामी घरमा सुरक्षित बसौं
हामी पढौं, कविता लेखौं
नाचौं, गीत गाउँ
रमाइलो गरौँ
धेरै चिज छ हामी बालबालिकाले गर्न
हामी चित्र बनाउँ, खेलौं
घरको काममा आमाबुबालाई सघाउँ
यसरी हामीहरू सुरक्षित बसौं
(फेविना पाण्डेय कालिगण्डकी, स्याङ्गजामा कक्षा २ मा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)