सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कविता:
मेरी सानी पुतली कता हराइन्?
घरभरि खोजेँ मैले कतै भेटिनँ
सबैतिर फोन गरेँ, त्यता छिन् की भनी
कतै पत्ता लागेन, घुमेँ फनफनी।
सारै हिसी परेकी, नाम बार्बी गरेकी
कति सुन्दर थिइन् उनी मेकअप नगरेकी
कालो लामो, आँखीभौं घुम्रेको, खैरो कपाल
बार्बी भनी खोज्दाखोज्दै भएँ बेहाल।
प्रहरीलाई खबर गरेँ सय डायल गरी
प्रयास गरेँ धेरै तर ढुक्क हुनु कसरी?
दिक्क लाग्यो, न्यास्रो लाग्यो, रून मन लाग्यो
तर मेरो सबै चिन्ता एकै छिनमा भाग्यो।
दराजमाथि उक्लेँ जब टेबुलमाथि टेकी
खुशीले म दंग परेँ बार्बी त्यहाँ देखी
च्याप्प समाई ओर्लेँ तल, खाटमाथि बसेँ
माया गरी सुमसुम्याएँ, छातीमा नै टासेँ।
(आरोही भट्ट भ्याली भ्यू इङ्लिश स्कुल, बानेश्वर काठमाडौँमा कक्षा ४ मा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)