सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कतै नसमेटिएका बा
कतै नलेखिएका बा
कतै नभनिएका बा
कतै व्याख्या नगरिएका बा
तर
परिवारको लागि परदेसिने बा
दिनरात काममा खटिने बा
घर बनाइदिने बा
जग्गा किनिदिने बा
आफू साइकल चढ्न जान्दैनन् बा
तर मोटरसाइकल किनिदिने बा
टिभीको रिमोट थिच्न जान्दैनन् बा
कम्प्युटर किनिदिने भने बा
छोराछोरी पढाउन अनि हुर्काउन
घुस लिने नि बा
घुस दिने नि बा
गाली खाने नि बा
गाली गर्ने नि बा
अर्काको चाकडी गर्ने नि बा
सम्पत्ति जोड्ने नि बा
चोरी ल्याउने नि बा
आफ्नै बालाई बिर्सिने नि बा
परिवारकै लागि
आफ्नो भोटो नफेर्ने नि बा
चप्पल गाँसी लाउने नि बा
जवानी बिर्सिने नि बा
बेखर्ची नि बा
खर्च सोध्ने नि बा
खर्च दिने नि बा...
(सृजन तामाङ श्री रूम्जाटार मा.वि ओखलढुंगामा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)