सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कविता:
नसोच भो निर्दोष छु मैले न्याय पाउनुपर्छ
यो देशमा त न्याय पाउन भाग्यमा नै ल्याउनुपर्छ
न्यायलय भित्र छैनन् न्याय दिने प्रतिमूर्ति
तिम्रो पहुँच छैन भने देखिने छ तिम्रै गल्ती
मार्नेलाई त मारिहाल्ने छैन हाम्रो देशमा कानुन
मारिने नै दोषी यहाँ क्यारी भयो ईश्वर जानून्
एउटा गल्ती छोप्नलाई अर्को गल्ती गर्दै गए
कानुनको नजरमा त्यही व्यक्ति निर्दोष भए
भन्न बाध्य छु म पनि देशमा न्याय मरेको छ
पहुँच हुने छुटिहाल्छ गरिब मात्र परेको छ
भन्थे हिजो पूर्खाहरू न्याय नपाए गोर्खा जानू
त्यही देशका जनता आज न्याय खोज्न कता जानू
(ऋतिषा काफ्ले सत्यवति मा. वि दमौली, तनहुँकी २०७६ एसइइ छात्रा हुन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)