सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
आमाको काख अनन्त लाख दूध दशधारा
केले तिर्नु आमा मैले त्यो मूल्य र भारा।
आमाको चुरा बज्दा घर स्वर्गजस्तै हुन्छ
आमा बिनाको घर त के घर जस्तो हुन्छ।
नौ महिना कोखमा राखी जन्माउँदाको दु:ख
सन्तानलाई देखेपछि मान्न थाल्छिन् सुख।
दश धारा दूध पिलाइ हिँड्न सिकाउने
ममताकी खानी आमा दु:ख बिसाउने।
बालबच्चाको पहिलो गुरू आमा नै हुन जानौं
आदर गरौं सम्मान गरौं भगवान नै मानौं।
आफ्नो दु:ख लुकाएर सन्तानको सुख हेर्ने
बिरामीको अवस्थामा छातीमा नै बेर्ने।
ठूलो मान्छे बनाउन पढाउने लेखाउने
आमा नै हुन सर्बगुणी संसार देखाउने।
अब माया गर्छु आमा मैले दुःख पाए पनि
कहिले पूरा हुन्न आमा जति गुण गाए पनि।
(जोयशी खनाल पोखरामा कक्षा ६ अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)