सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कविता:
हामीलाई ज्ञानगुणका कुरा
सिकाउने हुन् हाम्रा गुरू
उहाँबाट नयाँ कुरा सिक्ने
हामी हौं सिकारू
हाम्रा प्रथम गुरू
हुन् हाम्रा मातापिता
गर्नुपर्छ हामी सबैले
उहाँहरूकाे सम्मान् सदा
गुरूकाे चित्त दुखाउने
काम हामी नगरौं
गुरूलाई गर्व होस्
भन्ने कर्म हामी गरौं
शिक्षा र ज्ञानको
गुरू हुन् सागर
उहाँकाे आज्ञा पालना गरी
गुरूकाे गरौं हामी आदर
अज्ञानताको अन्धकारलाई हटाई
गुरू ज्ञानको प्रकाश छर्छन्
मिहिनेत गरी असल कर्म
गर्न हामीलाई प्रेरित गर्छन्
आफ्नो अमूल्य समय त्यागेर
हाम्रो हितको बारेमा सोच्छन्
हामीबाट केही भुल भएमा
गुरू हामीलाई माफ गर्छन्
हामीलाई बुद्धिमान् बनाउने
हुन् हाम्रा शिक्षक
हामीलाई असल व्यक्ति बनाउने
गरू हुन् हाम्रा मार्गदर्शक
(सिद्धान्त यादव बुढानीलकण्ठ स्कुल, नारायणस्थान काठमाडौँमा कक्षा ६ मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)