सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कविता:
तपाईंहरूलाई थाहा छ कि छैन
संसारमा धेरै चोरहरू हुन्छन् नि
त्यस्तै
म पनि एक प्रकारको चोर हुँ
सोच्नुहोस् है मैले
तपाईंहरूको त केही चोरेकी छैन
म यस्तो-उस्तो चानचुने चोर होइन नि
म त पूरा ब्रह्माण्डको दुर्लभ चोर हुँ
म गुराँसको स्वभनीय मुस्कान चोर्छु
फूलको सन्तुष्टिको भाव चोर्छु
मौरीको गुलियो रस चोर्छु
चराचुरूङ्गीको मार्धुय स्वर चोर्छु
कुकुरको इमान्दारी चोर्छु
गाईको सिधापन चोर्छु
यति मात्र कहाँ हो र
म त
जनक र बुद्धको ज्ञान चोर्छु
श्रीरामको मर्यादा चोर्छु
सीताको आर्दश अनि राधाको समर्पण र त्याग चोर्छु
वीर बलभद्र र भक्ति थापाको विरता चोर्छु
शहिदहरूको बलिदान चोर्छु
वैज्ञानिकहरूको लगाव अनि किसानहरूको मिहिनेत चोर्छु
यति धेरै कुरा चोरेर पनि आफ्नो अन्तर्मन छाम्दा त
म रित्तै पो रहेछु
अपुरै अनि अधुरै पो रहेछु
केबल खाली डोको जस्तो जति पानी हाले पनि नअडिने
चोरेका सबै कुरा संग्रहित गर्नै भुलेछु
अवश्य म सबै कुरा चोर्न नसकुँला
तर अब चोरेका हरेक चिजलाई म
नचुहिने भाँडोमा राखी संग्रहित गरी
तपाईंहरूसँग बाँडेर सन्तुष्ट हुन चाहन्छु
(प्राप्ति दंगाल सुप्रीम इन्टर्नेश्नल हाइ स्कुल, मैजुबहाल, काठमाडाैंमा कक्षा ९ मा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)