सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
म हिमेश थापा। लिटल फलोवर, नारायणगढ स्कुलमा कक्षा ४ मा अध्ययनरत विद्यार्थी हुँ। अहिले बन्दाबन्दीले गर्दा घरमा बस्न पाएको छु।
सुरूमा मलाई घर बस्न पाएकोमा खुसी लागेको थियो। जसै दिनहरू बित्न थाले मलाई पनि स्कुल जान मन लाग्यो। कोरोना भाइरसले गर्दा जान भने पाइएन। यस्तैमा स्कुलले अतिरिक्त कक्षा सञ्चालन अन्तर्गत अनलाइन कक्षा सुरू गर्नुभयो।
यो कार्यले मलाई धेरै खुसी बनायो। आफ्ना साथीहरूलाई कम्प्युटरको स्क्रिनमा देख्न पाउँदा आफैं स्कुल पुगेजस्तै लाग्यो। मलाई सबै मिस-सरहरू मन पर्छ। तर मेरो कक्षा शिक्षक पूजा मिसलाई देख्दा सारै रमाइलो भयो। यसरी अनलाइन कक्षा दुई महिना पढेपछि स्कुलले परीक्षा सञ्चालन गर्यो। परीक्षा २०७७ को साउन १८ बाट सुरू भएर २८ मा सकियो।
परीक्षासँगै प्रयोगात्मक र मौखिक परीक्षा पनि सञ्चालन भयो। जसबाट मलाई अहिलेको कक्षा शिक्षक सिर्जना झा मिसले अनलाइन कक्षाको भूमिका, फाइदा र बेफाइदाहरूको बारेमा भिडियो स्क्रिन बनाएर प्रस्तुत गर्न भन्नु भयो।
भिडियो मैले स्कुलको पोशाकमा ४ मिनटदेखि ६ मिनटभित्र बनाएर घरबाटै पोष्ट गरेँ। यो भिडियोबाट मैले २५ मा २३ नम्बर प्राप्त गरेँ।
अहिले साउन २८ देखि भदौ ७ गतसम्म बिदा भयो। यो बिदाले मलाई फेरी अनलाइन कक्षा नहुँदा धेरै रमाइलो भयो। मैले टिभी र मोबाइल हेरेँ। जसले मलाई धेरै खुसी बनायो।
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)