सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
प्राकृतिक प्रकोप हामीले थाहा नपाई आउँछ। अहिले वर्षा मौसम हो। नेपालको सबै ठाउँमा पानी परिरहेको छ। बाढी र पहिरो पनि आएको छ।
बाढी र पहिरोले गर्दा धेरै मानिसले ज्यान, पैसा, घर, जनावर आदि गुमाउनु परेको छ। मैले बाढी र पहिरो देखेकी छु। बाढी आँउदा खोलामा धेरै पानी हुन्छ। अनि पानीको बहाब उच्च हुन्छ।
अहिले म मामाघर दमौलीमा छु। यसपालि यता पानी धेरै परेकाले बुल्दी, मादी, सेती र साँगे खोलामा बाढी आयो। बाढी व्यास गुफाभित्र पनि पसेको थियो। ठूला-ठूला ढुङ्गा पनि डुबाएको थियो। पानी माथि-माथिसम्म आएको थियो। बाढीले मानिसहरूले लगाएका अन्नबाली लगिदिएर धेरै नोक्सान भयो।
मानिसहरू खोलाको किनारमा घर बनाएर बसेका छन्। त्यही भएर उनीहरूको घरमा बाढी छिरेको छ। मानिसहरूले बोटविरूवा, रूख काट्छन्। यी काटेपछि पहाडको माटोलाई समात्ने केही हुँदैन र पहिरो जान्छ। अहिले गाउँगाउँमा जथाभावी बाटो पनि खनेका छन्। त्यसले पनि पहिरो गएको छ।
हामी बाढी पहिरो आउँदा जोखिम हुने ठाउँमा जान हुँदैन। मैले बाढी आउँदा खोलामा दाउरा, रूख बगाएर ल्याएको देखेकी थिएँ। ती दाउरा नदीबाट निकाल्न मानिसहरू तछाडमछाड गरिरहेको पनि देखेँ। यस्तो काम गर्दा मान्छेलाई बगाउन पनि सक्छ।
हामीले बाढी पहिरोलाई रोक्न बोटविरूवा रोप्नु पर्छ। खोलाको ठाउँमा, नदीको किनारमा घर बनाउनु हुँदैन। जथाभावी बाटो खन्नु हुँदैन। हामी वनजङ्गल जोगायौं भने त्यसले धेरै फाइदा गर्छ। प्राकृतिक प्रकोपबाट बचाउँछ।
(आराधना पराजुली, सेन्ट जेभियर्स स्कुलमा कक्षा ४ मा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)