सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कविता:
बिहानी भएको थियो वरिपरि प्रकाश छर्दै थियो
आयो भाव अनि मनको पानमा मेरो कलम रोकियो।
दुखेको मुटु यो बेहाल झन् भो आँशु बग्यो सल्सली
सुन्दर शान्त अनि विशालको सपना देख्छु सधैं झल्झली।
कोही छन् टाढा यहाँ भुलेर समय साटिरहेँ मोबाइलमा
कोही कर्तव्य यहाँ भुलेर आफ्नो नाता अनि ज्वाइँमा।
निर्लज्ज जन भई नवाब मदिरा रित्याइ कोही भट्टिमा
निमुखा जनता परिरहे सधैं नेताको त्यो गोट्टीमा।
बिन्ती छ जननी धिक्कार नभने बाँझो कोखै बेस थियो
आमाको ममता राखिकन धितो त्यही स्वाभिमान बेचियो।
आशा जागृत मनमा थियो र त सिन्चिरह्यौ दूधले
बदलामा आँशु रित्तियो नयनमा भिज्यो शरीर खुनले।
आफ्नै सन्ततिले लुछिरहे तन आँचल समेटूँ कहाँ?
कुन घाउमा लगाउ मलम म कसरी तरबारको माझमा।
पीडा यो मनको यिनै जनानीको बुझ्ने केले हो भन
स्वर्थी छन् सबका आकांक्षा अबका बुझ्ने कसले हो मन।
पोख्ने दु:ख सिबाय अरू म के गरू अझै छु म बालक
गरेर मिहिनेत पढिकन पछि बन्नेछु देश पालक।
म जस्तै कालिला सबै बालकमा बिन्ती म यो गर्छु
कालो यो समय हटाएर पछि देशकै लागि मर्छु।
(श्रीयोग खनाल एलआरआई स्कुलमा कक्षा ८ मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)