सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
खोला नाला समुन्द्र र पृथ्वीमा पानी
पानीले नै चलाउँछ हाम्रो जिन्दगानी
पानीले नै गर्दा यहाँ अन्नपात फल्छ
हेर साथी! पानी नभई कहाँ सृष्टि चल्छ
अमृत पिएसरी हुन्छ शुद्ध पानी पिउनु
शुद्ध पानी पिएर स्वस्थ जीवन जिउनु
प्रकृतिको उपहार अमूल्य छ पानी
पँधेरीमा गई आमा पानी ल्याउनु हुन्छ
घरायसी काम-काज सबै भ्याउनु हुन्छ
म त पिउँछु टन्न पानी आमाको वचन मानी
आमालाई पनि राम्रो लाग्छ मेरो यस्तो बानी
(प्रत्युष भट्टराई अरूणिमा शिक्षा सदन माध्यमिक विध्यालयमा कक्षा ६ मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)