सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
कविताः
मलाई छाडिदिनस्, डराउँदै म चिच्याएँ
जब आफ्नो लुगा
कसैले च्यात्दै गरेको महशुस गरेँ
ती हातहरू मेरो छातीसम्म पुग्दा
ती औंलाहरूले मेरो ओठ निमोठ्दा
त्यहाँबाट भाग्ने प्रयास गर्दै थिएँ
त्यो पापी मानिसलाई सराप्दै थिएँ
जब आफू लुटिँदै गर्दा
चिच्याउँदा चिच्याउँदा थाकिसकेकी मैले
आफ्नो होस गुमाउन थालिसकेकी थिएँ
आखिर छोरी न हो
शारीरिक रूपले कमजोर भएँ
यद्यपि प्रयत्न गर्दै थिएँ
उसलाई के डर भएछ कुन्नि
अघि मेरो ओठ निमाठ्ने त्यो हातले
अहिले मेरो घाँटी निमोठ्दै छ
मेरा यी आँखाहरू
बिस्तारै बन्द हुँदै छन्
अब त म चिच्याउन पनि
नसक्ने भइसकेछु
शरीर भरी रगतै रगत
नसिकाहरू फुलिँदै छन्
सासले साथ छोड्दै छ
अब त केबल
मृत्युको पर्खाइमा छु
आज म बलात्कृत भएँ
भोलि मेरा फोटाहरू पत्रिकामा छापिएलान्,
कोही रोलान् त कोहीले सान्त्वना देलान्
बलात्कारीलाई पक्डिने प्रयास गर्लान्
तर पर्सि,
तर पर्सि त यो घटना यसरी बिर्सिन्छन् कि
मानौं बलात्कार बर्सेनि आउने कुनै दिन मात्र हो
एउटा कुरा आज प्रमाणित भयो
मेरो देश त साच्चिँकै शतीले सरापेको रहेछ
ईश्वर पनि कति दयालु
यति धेरै नदी र नालाहरू त
अनगिन्ती पाप धुन पो दिनुभएको रहेछ
मानवताको 'म' खोज्दै हिँडेकी म
आज आफैं यसको शिकार भएछु
ना'मर्द' को आँट पोसिने र नारीहरूको तन खोसिने
त आज परम्परा नै भएछ...
(उत्सव श्रेष्ठले हालै एसइई पास गरेका हुन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)