सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
कविताः
पहिलाजस्तै स्कुल जान हामी कहिले पाम्ला,
झोला बोकी साथीसँग रमाएर जाम्ला।
कस्तो भयो होला स्कुल, कस्ता भए साथी,
स्कुलमा गइ पढ्न पाए, हुन्थ्यो कति जाती।
पढ्दै लेख्दै खेल्दै अनि गीत पनि गाउँला,
कविता र कथा सुन्दै स्कुलमा रमाउँला।
हामी खेल्ने चौर पनि झारपातले घेरियो कि,
अहिलेसम्म स्कुलको रूप पनि फेरियो कि।
गुरुबा र गुरुआमा स्कुलको याद आइरहन्छ,
स्कुल कहिले खुल्ला भन्ने मेरो मनमा लाइरन्छ।
कोरोनाको कारणले मेरो स्कुल खुलेन नि,
स्कुल र साथी सम्झी मन मेरो भुलेन नि।
मास्क अनि स्यानिटाइजर सधैं लाउनु पर्छ अब,
उतै भेट हौंला साथी हाम्रो स्कुल खुल्छ जब।
(श्रीमद अधिकारी पोखरामा बस्छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)