सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
चीनको वुहानबाट सुरू भएको कोरोना भाइरस महामारी अहिले संसारभरिका देशका लागि एउटा कठिन युद्ध जस्तै भएको छ। हाम्रो देश नेपालमा पनि कोरोना भाइरसबाट संक्रमित भएका बिरामी दिनका दिन थपिँदै गएका छन्।
पहिला थोरै बिरामी थपिँदा पनि एकदम डर लागेको थियो। तर अहिले दिनकै पाँच, छ सय संक्रमित थपिँदा सामान्य लाग्न थालेको छ। हामीले कोरोनाको माहामारीमा जति सावधानी हुनुपर्ने थियो, मानिसले त्यति सावधानी अपनाएका छैनन्।
सावधानी नअपनाएका कारण नेपालमा कोरोना भाइरसबाट संक्रमण हुने र मानिसको मृत्यु धेरै हुँदै गएको छ। सरकारको तयारी पनि राम्रो छैन।
पहिला एक दुई जना संक्रमित हुँदा सरकारले लकडाउन गरेको थियो। तर आहिले संक्रमितहरू धेरै हुँदा पनि लकडाउन खुकुलो भएको छ। सरकारले सावधानी अपनाएर आफ्नो काम गर्ने भनेको छ। तर मानिसहरू त्यसलाई वास्ता गरेका छैनन्। मानिसहरू सरकारले भनेजस्तै मास्क लगाएर र दुरी कायम गरेर काम गरेका छैनन्। घुम्न निस्कँदा र तरकारी किन्न निस्कँदा मास्क नलगाई हिँडेका छन्।
मैले व्यापारी र सामान किन्न जाने मानिसहरू पनि मास्क नलगाएका र सावधानीको कुरा सामान्यरूपमा लिएर सावधानी नअपनाएर पसलहरू खोलेको धेरै ठाउँमा देखेको छु। पसलमा दुरी कायम गरेर सपिङ गर्नुपर्ने ठाउँमा मान्छेहरू भिड गर्दै रहेका हामीले देखेका छौं।
सरकारको तयारी पनि पुगेको छैन। मैले समचारमा अब संक्रमित बिरामीका लागि अस्पतालमा राख्ने बेड नै छैन भनेर स्वास्थ्य मन्त्रालयले नै भनेको सुनेको छु। सरकारले जति तयारी गर्नुपर्ने थियो, त्यति गर्न सकेको देखिँदैन।
समाचार सुन्दा धेरै डर लाग्छ तर बाहिर जाने हो भने कोरोना नै छैन जस्तो भैसकेको छ। तर पनि हामीले खासै ख्याल गरिरहेका छैनौं। हाम्रो देशमा आफ्ना नजिकका मानिसलाई संक्रमण भयो भने २-४ दिनसम्म सडक खाली हुन्छ तर पछि फेरि उस्तै भीड भइहाल्छ।
केही दिनका लागि डर लाग्छ अनि त्यो डर आफैं हराउँछ। धेरै डराउनु त हुन्न तर हामीले सावधानी अपनाइरहेको भए अहिले नेपालमा संक्रमित यति धेरै हुने थिएनन्। अहिले संक्रमित झन्डै तीस हजार पुग्न लागिसकेका छन्। तर त्यो सावधानी हुनुपर्छ भन्ने कुरा मानिसको मनबाट हराए जस्तै छ।
क्वारेन्टाइन सेन्टरहरु राम्रोसँग बनाइएको छैन। क्वारेन्टाइन राम्रो बनाउन वास्ता पनि गरिएको छैन। त्यही कारण क्वारेन्टाइनबाट मानिसहरू भागे भन्ने कुरा हामीले समाचारमा प्रतक्ष्य सुनेका छौं र हेरेका पनि छौं। तर सरकारले यसमा राम्रोसँग काम गर्न सकेको देखिँदैन। हामीले तिनीहरू क्वारेन्टाइनबाट किन भागे भनेर मात्र हुँदैन। सरकारले पनि राम्रो व्यवस्था मिलाएको छैन।
मानिसहरू सबै क्वारेन्टाइनमा बस्नुपर्दा एकदम दुःख मान्छन्। क्वारेन्टाइन सेन्टरमा दिएको सेवा सुविधा राम्रो छैन। यो सुरक्षित पनि छैन भन्ने मानिसलाई परेको छ। त्यसकारण त्यहाँबाट कतिखेर घर जान पाउँला भनेर बसेका छन्।
आहिले कोरोना संक्रमित धेरै बढेर संक्रमितलाई राख्ने ठाउँ नभएर घरमै राख्नु परेको छ। नयाँ बेड खोज्नु परेको छ। एक जना कोरोनाका बिरामीले आफू गम्भीर अवस्थामा छु भन्दा पनि अस्पताल जान नपाएको कुरा मैले पत्रिकामा पढेको थिएँ। त्यसैले सरकारको तयारि पुगेको देखिँदैन। दिनकादिन संक्रमितहरू बढिरहेका छन्। तर तयारी र सावधानीका अवस्था जस्ताको त्यस्तै नै रहेको छ।
पिसीआरको जाँच केही बढेको छ। चाहिने जति बढ्न सकेको छैन। बिरामीका लागि चाहिने औषधि र उपचार किटहरूको अभाव छ। कुनै ठाउँमा लकडाउन कडा पारिएको छ।
नेताहरूले ठूला ठूला कुरा त गर्छन् तर गर्ने समयमा भने गरेका छैनन्। नेताहरूले आशा मात्र देखाउँछन् तर गर्दैनन्। उपचारका किटमा पनि भ्रष्टाचार गरेका समाचार आएका छन्।
पहिला जनता मरेपछि मात्र कोरोनाको संक्रमणको रिपोर्ट आउँथ्यो। तर अहिले भने धेरै मानिसको जाँच हुन थालेको छ तर चाहिने जति हुन सकेको छैन। संक्रमित बढिराखेपछि सरकारले घरमै आइसोलेसनमा बस्न भनेको छ। अस्पतालमा ठाउँ नभएर लक्षण भएका संक्रमित पनि घरमै बस्नु परेको छ।
कोरोनाका बिरामीको स्वास्थ्य गम्भीर भएपछि पनि आस्पताल नलगेको कुरा पत्रिकामा पढ्न र समाचारमा सुनेका छौं। यसरी संक्रमितहरू दिनदिनै बढेपनि हाम्रो तयारी र सावधानी त्यसरी भने बढेको छैन। कोरोनाको औषधि नआएसम्म हामीले सावधानी अपनाएर सुरक्षित हुनुपर्छ। तर मानिसहरूले सावधानी नअपनाएर संक्रमण झन् बढेको छ।
नेपालमा ठूलो संकट आउन सक्छ। सावधानी नअपनाए कोरोना जसलाई पनि सर्न सक्छ। त्यसैले सावधानी अपनाउनुपर्छ।
यी सबै कुरालाई ध्यान दिएर हामीले कोरोना विरूद्ध गर्नुपर्ने तयारी र सावधानी गर्नुपर्छ। संक्रमण रोक्न सरकारले फेरि बन्द गर्ने घोषणा गरेको छ। तर बन्द गरेर मात्र त हुन्न।
अहिले धेरै देशहरूले कोरोना विरूद्धको खोप बनाउन लागेका छन्। रूसले कोरोना विरूद्धको खोप बनायो भन्ने समाचारमा आएको छ। तर त्यो खोप विश्व स्वास्थ्य संगठनले प्रमाणित गरेको छैन। त्यो खोपको राम्रोसँग जाँच भएको छैन। खोप कहिले आउँछ भन्ने थाहा पनि छैन।
त्यसैले कोरोनाबाट बच्न हाम्रो शरीरको प्रतिरोधात्मक शक्ति बलियो हुनुपर्छ। त्यसो भए यो रोगबाट बच्न सकिन्छ। त्यसका लागि शरीरको फोक्सोल बलियो राख्नुपर्छ। फोक्सोलाई सधैं बलियो पार्न र स्वस्थ्य राख्न दिनदिनै हिँड्ने, दौडने, कसरत गर्ने र पोषिलो खाना खानुपर्छ। अनि कोरोनालाई जित्न सकिन्छ।
शरीर कमजोर छ भने यो रोगबाट बाँच्न गाह्रो हुन्छ। त्यसैले हामीले हाम्रो प्रतिरोधात्मक शक्ति बलियो बनाउनु पर्छ। केहि मानिसहरू आफू बलियो छु भनेर जतातता डुल्ने काम गर्छन्। त्यस्तो गर्नु हुन्न। सावधानी अपनाएर हामी कोरोना संक्रमणबाट जोगिनुपर्छ। अनि सरकारको तयारी र हाम्रो सावधानी पनि धेरै हुनुपर्छ।
(सार्थक सिग्देल, नाईटिङ्गेल अन्तर\राष्ट्रिय माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)