सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
कविताः
कोरोनाले हामीलाई सताउनु सतायो
साथीभाइ तिमीले घर बसेर दिन कसरी कटायौ?
कोरोना काे धेरै धेरै डर छ
बाहिर निस्किन परेमा मास्क लगाउनु पर्छ ।
डर छैन तिमीलाई लखर लखर हिनी
पटक पटक हात धोऊ घरमै बस तिमी
न आफू बाहिर जाऊ
न अरुलाई बोलाऊ ।
घरमै बसी मिठो मिठो आफू पकाएर खाऊ
खाऊ बस सुत के छ काम अरू
अरु न भए नि व्यायाम नै गर्देऊ बरु ।
मास्क नलाई हिँड्ने हो भने आफैं विचार गर
कोरोना तिमीलाई लाग्यो भने अरूलाई नसार
तिमी को हो? म काे हो? चिन्न गाह्रो भएछ
तर कोरोना के हो बच्चा बच्चालाई था रहेछ।
(स्वस्तिका तिम्सिना, नोबल एकेडेमी, रूपन्देहीमा कक्षा ४ मा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)