सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
कविताः
राखौं हामीले हाम्रो वातावरण सफा
सबैले पालना गरौ संविधानको दफा।
रुखहरुलाई काट्ने नगरौं है काम
अनि रोग लाग्दैन जानुपर्दैन धाम।
सकेसम्म प्लास्टिक प्रयोग नगरौं
गर्नै परे पनि थोरै कम गर्ने गरौं।
फोहोरहरु फाल्ने नगरौं है बाटोमा
कुहिने फोहोरहरु गाडौं है माटोमा।
कागजको सकेसम्म गरौं उपयोग
यसरी नै गरौं वातावरणलाई सहयोग।
वातावरण सफा गरी राम्रो बनाउ मन
जस्तो वातावरण त्यस्तै हो जीवन।
फोहरले ल्याउँछ रोग कोरोना जस्ता
रोगहरु आउन थाले कस्ता कस्ता ।
वातावरण सफा राख्ने काम हो हाम्रो
येती काम पुरा गरे हुन्छ सबै राम्रो।
(रुविआ पराजुली बुढानिलकण्ठ स्कुल, काठमाण्डौमा कक्षा ६मा अध्यनरत छिन्)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)