सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
कविताः
साक्षर नेपाल बनाउने सरकारको चाहना
साक्षरता दिवसको शुभकामना।
१९६७ देखि सुरू भएको दिवस
२०२० को कोरोनाले भयो विवश।
सरकारले गर्दै थियो साक्षर मुलुकको तयारी
बाधा बनी आइदियो कोरोनाको माहामारी।
रमाएर कापी कलम समाउँदै थिइन् बजैले
मोन्टेस्वरीमा भाइबहिनी खेल्थे मजैले।
बुढाबुढी बालबच्चालाई आफैं साक्षर बनाऔं
यो वर्षको साक्षरता दिवस घरमै मनाऔं।
आफू साक्षर बनौं र बनाऔं घर समाजलाई साक्षर
साक्षर राष्ट्र निर्माण गरौं कम्मर कसेर।
(अस्मित रेग्मी, गण्डकी बोर्डिङ स्कुलमा कक्षा ७ मा अध्यनरत छन्)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)