सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
कविताः
हेर हेर साथी
रङ्गी चङ्गी पुतली
माथि माथि उड्ने
साना ठूला पुतली।
फूलबारीमा डुल्छन्
फूलकै रस चुस्छन्
कहिले पातमा बस्छन्
कहिले आकाश चुम्छन्।
हेर हेर साथी
रङ्गी चङ्गी पुतली
खेल्ने हो कि हामी
साना ठूला पुतली।
पातमा अण्डा पार्छन्
झुसिलकिरा बन्छन्
त्यही पात खान्छन्
अनि प्युपा बन्छन्।
हेर हेर साथी
रङ्गी चङ्गी पुतली
काम धेरै लाग्ने
साना ठूला पुतली।
प्युपा हुँदा भोकै
खोल भित्र बस्छन्
त्यही खोल फोडी
पुतली निस्कन्छन्।
हेर हेर साथी
रङ्ग चङ्गी पुतली
साह्रै मन पर्ने
साना ठूला पुतली।
(आराधना पराजुली सेन्ट जेभियर्स स्कूल, जावलाखेलमा कक्षा ४ मा पढ्छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)