सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
कोरोनाको कहरले मनै भयो खिन्न
भोलि सँगै हुन पर्छ आज बसौं भिन्न
मास्क लगाऔं, बैठकमा टाढा-टाढा बसौं
साबुन पानी नभएमा स्यानिटाइजर घसौं
आफू पनि बच्नु पर्छ अरूलाई नि बचाऔं
सकेसम्म घरमै बसौं बाहिर तिर नजाऔं
आज बाँचे भोलिको दिन पाइन्छ है देख्न
जे जे गर्नु पर्छ गरौं, कोरोनालाई छेक्न
पञ्जा लगाउ मास्क लगाउ हेर मेरो साथी
दुई मिटरको दुरी राखे अझै हुन्छ जाती
साथि प्यारो होला बरै रोग प्यारो हुन्न
यति कुरा जानी राखे कोरोनाले छुन्न
गाउँ रोयो, देशै रोयो, रोयो संसार सारा
लौ न प्रभु कोरोनाको छिटो लाइदेउ पार ।।
( बसन्त ओली ग्रीनविच एकेडेमी, पेप्सीकोला, काठमाडौमा कक्षा दुईमा अध्यनरत छन् )
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)