सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
आमा बाबा दिदी दाइ सबै वरिपरि।
बस्छौं हामी ख्याल ठट्टा रमाइलो गरी।
लकडाउनको बेला छ कोभिडकै छ खेला
भर्चुअल भो सबै सबै अनलाइनमै मेला।
बिहानै पूजा आजा सक्छु ईश्वरको नाममा
अनि आमालाई सघाउँछु घरको काममा।
ज्ञानगुनका कुरा बाबा सिकाउनुहुन्छ
असल बन्ने मार्गहरु देखाउनुहुन्छ।
पढ्छु म त कक्षा ६ अनलाइन जुममा
साथीभाइ हाइहेल्लो मेसेन्जरको रुममा।
इ–पत्रिका पढ्छु अनि कविता नि लेख्छु
समाचार सबैजसो कोभिडकै देख्छु।
हेर साथी कतै जाँदा मास्क लगाई हिँड
राम्रो राम्रो सोच राख नराम्रो सोच्नु किन ?
पौष्टिक आहार खानुपर्छ रोगसँग लड्नुपर्छ
सावधानी अपनाई हामी अघि बढ्नुपर्छ।
(प्रत्यूष भट्टराई अरुणिमा शिक्षा सदन मा.वि., बौद्ध, महाँकाल कक्षा–६मा अध्यनरत छन्)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)
ketaketi.setopati@gmail.com