सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
गजल:
तिमी हामी यस्तो मित हुनु पर्छ,
जसबाट समाजको हित हुनु पर्छ।
आउँछन् जान्छन् कैयौं पथहरु,
जीवन गन्तव्य उचित हुनु पर्छ।
आत्मीय सम्बन्ध गाँसेर राखौं,
सम्झना मिठो अतित हुनु पर्छ।
समयको खेल हो प्यारा साथी,
कहिले हार कहिले जीत हुनु पर्छ।
बढाऔं पाइला उचालौं हातहरू,
देशका लागि समर्पित हुनु पर्छ।
(सिञ्जा खड्का ग्ली एकेडमी, मा कक्षा १० मा अध्ययनरत छिन्)